close

जेफालेमा प्रदेशस्तरीय भलिबल हुँदै 

जेफालेमा प्रदेशस्तरीय भलिबल हुँदै 

Trulli
ADVERTISEMENT

मोरङ- मोरङको केराबारी गाउँपालिका वडा नम्बर २ मा रहेको पर्यटकीय स्थल जेफालेमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेशस्तरीय भलिबल प्रतियोगिता गरिने भएको छ ।

 

पालिकास्तरीय प्रतियोगितामा आयोजकसहित १० वटा टिमको सहभागिता रहने आयोजक खेलकुद विकास समिति केराबारीको वडा नम्बर २ सिंहदेवीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

 

७ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ हजार, द्वितीय हुनेले नगद ५० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र पाउने खेलकुद विकास समिति केराबारीको वडा नम्बर २ का अध्यक्ष देवीराम लिम्बूले बताए ।

 

पर्यटन स्थलमा आयोजना गरिने प्रतियोगिताले पर्यटकीय क्षेत्रको चहलपहलसहित प्रचार-प्रसारमा सहयोग पुग्ने विश्वास लिइएको केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले जानकारी दिए ।

 

खेलकुदबाट यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको गाउँपालिका उपाध्यक्ष शान्ति लिम्बू भुजेलले बताइन् । प्रतियोगिता ३ वैशाखदेखि सञ्चालन हुनेछ ।