close

अजयमेरु राष्ट्रपति रनिङ सिल्डको उपाधि मणिलेकलाई

अजयमेरु राष्ट्रपति रनिङ सिल्डको उपाधि मणिलेकलाई

Trulli
ADVERTISEMENT

डडेल्धुरा- डडेल्धराको अजयमेरु गाउँपालिकामा सम्पन्न गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि मणिलेक माध्यमिक विद्यालय चिपुरले हात पारेको छ । मणिलेक माध्यमिक विद्यालय चिपुरले सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि चुम्न सफल भएको हो ।

 

मणिलेक माध्यमिक विद्यालय प्रथम, सहश्रलिङ माध्यमिक विद्यालय चमडा द्वितीय र देवल माध्यमिक विद्यालय देवलदिव्यपुर तृतीय भएको गाउँपालिका शिक्षा शाखा प्रमुख हरि पन्तले बताए ।

 

राष्ट्रपति रनिङ सिल्डमा गाउँपालिकाभरका ९ वटा माध्यमिक विद्यालयको सहभागिता थियो ।

 

गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले स्थानीय स्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिए ।

 

‘गाउँपालिकामा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन गरेका हौँ,’ उनले भने, ‘गाउँपालिकाले खेलकुद क्षेत्रमा उल्लेख्य काम गरेको छ ।’

 

खेलकुद गतिविधि सञ्चालन गर्न भौतिक संरचनासमेत निर्माण गरिरहेको उनले  बताए  । अजयमेरुले राष्ट्रिय स्तरको खेलमैदान निर्माण गरिरहेको छ भने गाउँपालिकामा खेलकुद प्रशिक्षक पनि नियुक्त गरेको छ ।