close

मोहन्याल गाउँपालिका अध्यक्षको निधन

मोहन्याल गाउँपालिका अध्यक्षको निधन

Trulli
ADVERTISEMENT

कैलाली– कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको आज निधन भएको छ । काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराइरहेका रावलको आज (मंगलवार) बिहान निधन भएको गाउँपालिकाकाे वडा नम्बर २ का वडाध्यक्ष देवीदत्त उपाध्यायले बताएका छन् । 

 

कोहलपुर मेडिकल कलेजमा उपचाररत रावललाई थप उपचारका लागि काठमाडौं लगिएको थियो । काठमाडौंमा उपचारका क्रममा निधन भएको उपाध्यायले जानकारी दिए । 

 

उच्च रक्तचापबाट पीडित रावललाई एक्कासी ब्रेन ह्याम्ब्रेज भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनी एमालेवाट निर्वाचित अध्यक्ष हुन् ।