close

हुलाकी सडकमा अवरोध नगर्न वनमन्त्रीको निर्देशन

हुलाकी सडकमा अवरोध नगर्न वनमन्त्रीको निर्देशन

Trulli
ADVERTISEMENT

चितवन(माडी)- वनमन्त्री प्रेम आलेले राष्ट्रिय गौरव आयोजनाको रूपमा रहेको वीरगञ्ज-ठोरी हुलाकी सडक निर्माणमा अवरोध नगर्न चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराललाई निर्देशन दिएका छन् ।

 

वातावरणीय प्रभाव मूल्यांकन नगरी काम अगाडि बढाएको भन्दै निकुञ्जले वीरगञ्ज-ठोरी हुलाकी सडक खण्डअन्तर्गत ठोरीको वडा नम्बर १ र २ मा करिब ५ किलोमिटर सडक निर्माणमा रोक लगाएको छ ।

 

बिहीबार ठोरी क्षेत्रको प्रतिनिधिमण्डलले वनमन्त्री आलेसँग भेट गरी तत्काल सडक निर्माण अघि बढाउने वातावरण बनाइदिन आग्रह गरेको थियो । जवाफमा मन्त्री आलेले वार्डेन बराललाई फोन गरी सडक निर्माण नरोक्न निर्देशन दिएका हुन् । 

 

निकुञ्जले सडक निर्माणमा अवरोध पुर्‍याएको भन्दै ठेकेदार कम्पनीले अधुरो सडक हस्तान्तरण गरेर हिँडेपछि स्थानीयले संघर्ष समिति गठन गरी चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

 

यसअघि ठोरीमा कालोपत्रे सडकको बीचमा परेको रूख नकाटी बाटो कालोपत्रे गरिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।