close

मुसीकोटमा स्वमूल्यांकन कार्यशाला

मुसीकोटमा स्वमूल्यांकन कार्यशाला

Trulli
ADVERTISEMENT

गुल्मी(मुसीकोट)- गुल्मीको मुसीकोट नगरपालिकाको आयोजना र प्रदेश प्रशिक्षण लुम्बिनी प्रदेश नेपालगञ्जको सहयोगमा समृद्ध प्रदेश खुसी जनताको नारासहित स्थानीय तह संस्थागत क्षमता अभिमुखीकरण तथा स्वमूल्यांकन कार्यशाला आयोजना गरिएको छ । कार्याशाला ३१ चैतसम्म मुसिकोट नगरपालिका वडा नम्बर ७ को रुद्रावती बहुमुखी क्याम्पसमा सञ्चालन हुनेछ ।

 

स्थानीय तहको कार्य प्रक्रिया एवं उपलब्धिबारे लेखाजोखा गरी सबल र दुर्बल पक्षको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी-कमजोरीको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र स्थानीय तहलाई सक्षम एवं प्रभावकारी बनाउन स्वमूल्याकंनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्ला समन्वय अधिकारी विजयकुमार कार्कीले बताए ।

 

१० विषय क्षेत्रमा १०० वटा सूचक र १०० अंकभारलाई आधार मानेर स्वमूल्यांकन गरिनेछ । प्रत्येक वर्ष मूल्यांकन गर्नुपर्ने प्रावधान छ ।

 

मन्त्रालयले स्वमूल्यांकन नतिजाको आधारमा उत्कृष्ट स्थानीय तहको घोषणा गर्न सक्नेछ । स्वमूल्यांकनले स्थानीय तहको समग्र पक्षको जानकारी र आगामी दिनमा गुणस्तरीय सेवा प्रवाह एवं अन्य सूचकलाइ पूरा गर्ने सहयोग पुर्‍याउने स्वतन्त्र विज्ञ तुलसीराम न्यौपानेले बताए ।

 

मुसीकोट नगरपालिकाको आव २०७६/७७ को स्वमूल्यांकन गरिँदै छ । मुसीकोट नगरपालिका उपप्रमुख कमला शर्माको अध्यक्षता रहेको कार्यक्रममा सहजीकरण विजयकुमार कार्की र तुलसीराम न्यौपानेले गरेका थिए । 


कार्यक्रमबारे मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले प्रकाश पारेका थिए । वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाका शाखा प्रमुखलगायतको उपस्थिति रहेको कार्यक्रम सञ्चालन योजना शाखा प्रमुख मुना ज्ञवालीले गरेकी थिइन् ।