close

सकियो चौँरी महोत्सवको रमझम 

सकियो चौँरी महोत्सवको रमझम 

Trulli
ADVERTISEMENT

पाँचथर- पाँचथरको उत्तरी फालेलुङ गाउँपालिकाको तीनसिमाना÷फालोट क्षेत्रमा चौथो चाैँरी महोत्सव सम्पन्न भएको छ ।


फालेलुङ गाउँपालिकाको आयोजनामा विभिन्न संघ-संस्थाले उक्त महोत्सव सञ्चालन गरेका हुन् । चाैँरीपालन व्यवसायलाई प्रोत्साहन तथा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेर महोत्सव भएको हो ।

 

महोत्सवको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले उद्घाटन गरेका थिए । नयाँ वर्षको दिन भएको महोत्सवमा छिमेकी जिल्लाबाट उपस्थिति थियो । महोत्सवमा डाँडाहरू चौँरी र आन्तरीक पर्यटकले भरिभराउ थिए ।

 

महोत्सवले पर्यटन र यो क्षेत्रको विकासमा सहयोग पुर्‍याउने मन्त्री नेम्बाङको विश्वास छ । महोत्सव ब्रान्ड बन्दै गएको गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले बताए ।


महोत्सवमा चौँरी प्रदर्शनी, दुग्धजन्य उत्पादनको प्रदर्शनी, सांस्कृतिक प्रस्तुतिलगायत कार्यक्रम समावेश थिए । चौँरी व्यवसायलाई सरकारले सहयोग गर्नुपर्ने माग व्यवसायीको छ ।