close

पहिरोले किच्यो गाउँपालिका उपाध्यक्ष चढेको गाढी 

पहिरोले किच्यो गाउँपालिका उपाध्यक्ष चढेको गाढी 

Trulli
ADVERTISEMENT

मोरङ– मोरङकोे केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति भुजेल लिम्बु चढेको गाडी पहिरोले किचेर  क्षतिग्रस्त बनेको छ । योजनाको अनुगन गर्न जानेक्रममा भीरबाट पहिरो झर्दा गाडी क्षतिग्रस्त बनेको हो । 

 

केरावारी–१ को  पार्टीगाँउ र २ नम्बर वडाको  सिहदेवीमा संचालित योजनाहरुको अनुगमन गर्न जानेक्रममा पहिरो झर्दा को १ झ ५९५ नम्बरको बोलेरो गाडीमा क्षति भएको गाँउपालिकाकी उपाध्यक्ष भुजेलले बताइन् । 

 

गाडीमा उपाध्यक्ष सहित ५ जना सवार भएपनि मानविय क्षति भने भएन ।  गएराति अविरल वर्षासँगै ३२ जुरे नजिकै पहिरो खसेको थियो । ‘रातिको बर्षाका कारण पहिरो आएको रहेछ,’ भुजेलले भनिन्, ‘स्काइबेटरले पन्साइरहेको थियो । माथिबाट पहिरो खसेर हाम्रो गाडीमा क्षति पुग्यो ।’