close

माडी नगरप्रमुखको घरदैलो भेटघाट

Trulli
ADVERTISEMENT

माडी(चितवन)- चितवनको माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकालले दुरदराजका गाउँमा पुगेर त्यहाँका गाउँलेसँग छलफल सुरु गर्ने अभियान थालेका छन् ।


ढकालले वडा नम्बर १ पाण्डवनगर गाउँमा पुगी त्यहाँका स्थानीयसँग विभिन्न समस्याका विषयमा छलफल गरे । छलफलमा सहभागी स्थानीयले नदी तटबन्ध, बोटे बस्ती व्यवस्थापन र स्थानीयको जीविकोपार्जनका समस्या उठाएका थिए ।


ढकालले चालू आर्थिक वर्षमै खोला तटबन्धको काम सुरु गर्ने आश्वासन दिए । माडीका अन्य टोलमा समेत घरभेट र सामुदाय स्तरको छलफल गरी स्थानीय स्तरका समस्या हल गर्दै जाने ढकालको भनाइ थियो ।