close

चितवनमा थपियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

माडी(चितवन)- चितवनको माडी नगरपालिकासहित जिल्लाभर आगामी १३ जेठसम्म निषेधाज्ञा थप गरिएको छ । 


कोरोना संक्रमण निरन्तर बढेपछि जिल्लास्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्र र सरोकारवालाको संयुक्त बैठकले निषेधाज्ञा थप्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।


योसँगै जिल्लाभर जारी निषेधाज्ञा १३ जेठसम्म निरन्तर रहने भएको हो ।

 

डिसिसिएमसीको सिफारिसअनुसार प्रशासनले निर्णय गरेपछि कार्यान्वयनमा जानेछ । अबको निषेधाज्ञा थप कडाइ हुने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

 

जिल्ला समन्वय प्रमुख, स्थानीय तहका प्रमुखहरू, सुरक्षाकर्मीलगायतको बैठकले निषेधाज्ञा समय थपका लागि सिफारिस गरेको हो ।