close

कावासोतीमा अवरुद्ध पूर्व-पश्चिम राजमार्ग दुईतर्फी सञ्चालनमा

कावासोतीमा अवरुद्ध पूर्व-पश्चिम राजमार्ग दुईतर्फी सञ्चालनमा

Trulli
ADVERTISEMENT

नवलपुर- पूर्वी नवलपरासीको कावासोतीमा अवरुद्ध पूर्व-पश्चिम राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ ।


शनिबार दिउँसो १२ बजेबाट पूर्व-पश्चिम राजमार्ग दुई तर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 


बाढीले खोल्सामा पानी बढेपछि कावासोती थाना चोक नजिकै डिभिजन वन कार्यालयदेखि पश्चिमको सडक र कल्भर्ट पानीले बगाएको थियो ।


सडक बिहीबार विहान ८ बजेदेखि अवरुद्ध थियो । शुक्रबार साँझदेखि एकतर्फी यातायात चलाइए पनि शनिबार दिउँसो १२ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।