close

आठ लाख नतिरेपछि सर्केगाडको इन्टरनेट काटियो 

आठ लाख नतिरेपछि सर्केगाडको इन्टरनेट काटियो 

Trulli
ADVERTISEMENT

हुम्ला– लामो समयदेखि सर्केगाड गाउँपालिकामा इन्टरनेट सेवा अवरुद्ध रहेको छ । सर्केगाड गाउँपालिमा जडान गरिएका ४ वटा लाईन सहित केही वडा कार्यलयहरुमा लामो समय देखि इन्टरनेट सेवा अवरुद्ध हुँदा गाउँपालिकाले दिने दैनिक सेवा प्रभावित भएको स्थानीयहरुले बताएका छन् ।

 

पछिल्लो समय गाउँपालिकाका सबै कामहरु इन्टरनेट मार्फत गर्नु पर्ने नीतिगत व्यवस्था गरिएको छ । व्यतिmगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता नविकरणसहित आर्थिक कारोवार ठप्प छ ।

 

पैसा नदिएपछि बन्द

 

३ वर्षदेखि निरन्तर सेवा दिदै आएको वर्डलिंक कम्युनिकेशन प्रालिलाई गाउँपालिकाले अघिल्लो आर्थिक वर्षकै पैसा भुक्तानी नगर्दा इन्टरनेट सेवा अवरुद्ध भएको कार्यालयले जनाएको छ । 

 

एक वर्षमा करिब ८ लाख भन्दा धेरै रकम बुझाउनु पर्नेमा हालसम्म नबुझाएकोले अवरुद्ध भएको जनाइएको छ । 

 

वर्डलिंकले धोका दिएकाले अर्कै कम्पनीसँग सम्झौता गरी सकेको प्रमुख प्रशासकिय अधिकृत रुद्र बहादुर शाही बताउँछन् । आफु कार्यालयको कामले नेपालगञ्ज भएको बताउँदै वर्डलिंकले पैसा मात्र लिने तर प्रभाबकारी सेवा नदिने भएकै कारण नेपाल टेलिकमसँग सम्झौता गरेर सेवा लिने उनको भनाइ छ ।