close

कर्मचारीलाई कोरोना भएपछि शुक्लागण्डकीको सेवा बन्द

कर्मचारीलाई कोरोना भएपछि शुक्लागण्डकीको सेवा बन्द

Trulli
ADVERTISEMENT

तनहुँ- कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्लागण्डकी नगरपालिकाको कार्यालय ४ दिनसम्म बन्द हुने भएको छ । १ देखि ४ भदौसम्म नगरपालिकाको कार्यालय बन्द हुनेछ । वडा कार्यालय र नगर मातहतका अन्य कार्यालय भने खुल्नेछन् । नगरपालिकाका ४ कर्मचारीलाई कोरोना पुष्टि भएपछि कार्यालय बन्द गरिएको नगर प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।


‘नगरपालिकाको कार्यालयमा कार्यरत अन्य कर्मचारीलाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । उनीहरूको कोरोना परीक्षण गर्नुपर्ने भएकाले अत्यावश्यकबाहेकका सेवा बन्द गरेका हौँ’, उनले भने । उनका अनुसार ७ भदौबाट कार्यालयको नियमित सेवा प्रवाह हुनेछ । 


कोरोना संक्रमण बढ्दै गएपछि म्याग्देको भाइरल ट्री हाउस पनि सोमबारदेखि बन्द भएको छ । म्याग्दे गाउँपालिका वडा नम्बर २ ज्यानटाङ सामुदायिक वनमा चिलाउनेको रुखमाथि बनाइको काठको घरमा पर्यटकको घुइँचो लागेपछि बन्द गर्नुपरेको वनका अध्यक्ष ईश्वरबहादुर रानाभाटले बताए ।


जिल्ला प्रशासन कार्यालय तनहुँले कोरोना फैलिने जोखिमलाई दृष्टिगत गर्दै हाललाई बन्द गर्न निर्देशन दिएकाले अर्को सूचना जारी नभएसम्म बन्द हुने उनको भनाइ छ ।