close

अर्जुनधाराका महिला जनप्रतिनिधिलाई तालिम

अर्जुनधाराका महिला जनप्रतिनिधिलाई तालिम

Trulli
ADVERTISEMENT

झापा– गत वर्षको मागमा अर्जुनधाराका महिला जनप्रतिनिधिलाई पहिलो तालिम दिएको नगरपालिकाले दोस्रो प्रशिक्षण सुरु गरेको छ । नगरका १९ जना महिला जनप्रतिनिधिलाई सिलिड्सको दोस्रो मोड्युलको चारदिने प्रशिक्षण दिइएको हो । १० असोजमा बिर्तामोडमा सुरु भएको प्रशिक्षण बुधबार सम्पन्न भएको छ । 

 

तालिमपछि असाइनमेन्ट गर्न लगाइएको थियो । दोस्रो मोड्युलको तालिमपछि पनि उनीहरूलाई असाइनमेन्ट गर्न दिइएको प्रशिक्षक स्वस्तिका पोखरेलले बताइन् । 


तालिम मुख्य प्रशिक्षक उमेश विश्वकर्माले दिएका थिए ।  नगरपालिकाकी प्रवक्ता सकुन्तला बरालको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागीका तर्फबाट खड्गमाया पराजुली, लक्ष्मीदेवी दंगाल, रीता नेपाली, सुशीला सुवेदी, तुलसा पोखरेललगायतले सिलिड्स प्रशिक्षण आवश्यक र सकारात्मक रहेको बताए ।  संस्थाका तर्फबाट सोमराज ढकालले प्रकाश पारेका थिए । 


दलित महिला केन्द्र नेपालको आयोजना तथा आईएफईएसको सहयोगमा झापाको अर्जुनधारा, बिर्तामोड, शिवसताक्षी, कमल र दमकमा सिलिड्स प्रशिक्षण सञ्चालन भइरहेको छ ।  पहिलो मोड्युलको तालिम समापनपछि ती पालिकामा दोस्रो प्रशिक्षण चलाइएको हो ।