close

बागलुङ यातायातले बाँड्यो क्युआर कोडसहितको लाइसेन्स

बागलुङ यातायातले बाँड्यो क्युआर कोडसहितको लाइसेन्स

Trulli
ADVERTISEMENT

बागलुङ– यातायात व्यवस्था कार्यालय बागलुङले क्युआर कोड भएको अस्थायी लाइसेन्स वितरण थालेको छ । कार्यालयले मंगलबार सेवाग्राहीको लाइसेन्स वितरण गरेर अभियान सुरु गरेको हो । 


कार्यक्रममा कार्यालय प्रमुख पारसिंह थापाले स्मार्ट लाइसेन्स आउन ढिलाइ भएकोले एक वर्षसम्म यो लाइसेन्स उपयोगी हुने जानकारी दिए । चालकले सवारी लाइसेन्सको ट्रायल पास गरेपछि दिइने रसिद बोकेर हिँड्दा धेरै समस्या आएपछि कार्यालयले यो व्यवस्था गरेको हो । 

 

कागज लामो समय नटिक्ने, अक्षर मेटिने र अर्काले पनि प्रयोग गर्न सक्ने भएपछि कार्यालयले स्मार्ट लाइसेन्सजस्तै देखिने र क्युआर कोड भएको लाइसेन्स वितरण गरेको हो । ट्राफिक प्रहरी र कार्यालयले स्क्यान गरेर विवरण हेर्न सक्ने व्यवस्था गरिएको उक्त लाइसेन्सको म्याद ५ वर्षकै हुनेछ । तर, एक वर्षभित्रै स्मार्ट लाइसेन्स आइपुग्छ भनेर एक वर्षका लागि अस्थायी रूपमा वितरण गरिएको थापाले बताए ।

 

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले सवारी नियम पालना गर्न सबैलाई आग्रह गरे । उक्त लाइसेन्स लिएको अवधिमा ५ पटक बढी नियम उल्लंघन गरे वितरण गर्न बाध्य नहुने उनको भनाइ छ ।

 

बागलुङस्थित यातायात व्यवस्था कार्यालयले बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङको लाइसेन्स वितरणको काम गर्छ । सयौँले दिएको परीक्षापछि लामो समयसम्म स्मार्ट लाइसेन्स नआएकाले अनुगमन फितलो भएको थियो ।