close

बैतडीको बसेडीमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु

बैतडीको बसेडीमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

बैतडी– बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । शिवनाथ वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले पुरिँदा उनका २ बुहारी र १ नातिको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए ।


मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की रहेका छन् । साँझ ६ बजेको समय प्रहरीले घटनास्थलबाट ३ जनाको शव निकालेको छ । अहिले घटनास्थलमा सुल्लेखान र सार्माली प्रहरी चौकीबाट २ प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।