close

महाकालीमा डुंगा पल्टिँदा बालिकाको मृत्यु, बालक बेपत्ता

महाकालीमा डुंगा पल्टिँदा बालिकाको मृत्यु, बालक बेपत्ता

Trulli
ADVERTISEMENT

बैतडी–बैतडीको नेपाल–भारत सीमा नदी महाकालीमा डुंगा पल्टिँदा १ बालिकाको मृत्यु भएको छ भने अर्का १ बालक बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका वडा नम्बर १ को खाँडघाटबाट पारि भारत जान लागेका १० जना सवार डुंगा पल्टिएको हो । 

 

मृतक र बेपत्ताको परिचय खुलेको छैन । डुंगामा सवार अन्य ८ जना भने पौडी खेलेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । साँझ ६ बजे घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । बेपत्ताको खोजी जारी रहेको उनले जानकारी दिए ।

 

उक्त डुंगामा ५ चालक र ५ यात्रु सवार रहेकोको बताइएको छ । डुंगा नदीपारि पुग्नै लाग्दा दुर्घटना भएको हो । भारतमा बस्दै आएका नेपाली दसैँ मनाएर फर्किंदै गर्दा डुंगा दुर्घटनामा परेको हो । बैतडीका १ दर्जन बढी घाटबाट महाकाली नदीमा डुंगाबाट ओहोरदोहोर गरिन्छ ।