close

बैतडी जिप दुर्घटनामा ६ को मृत्यु

बैतडी जिप दुर्घटनामा ६ को मृत्यु

Trulli
ADVERTISEMENT

बैतडी– बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दशरथचन्द नगरपालिका वडा नम्बर २ थलालगाउँबाट जन्ती बोकेर वडा नम्बर ६ सिमायल जाँदै गरेको म१ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत वडा नम्बर ४ कलुवाड मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।


जिपमा सवार ७ मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने जिप चालक र अर्का १ जनालाई धनगढी रिफर गरिएको थियो । जिप चालकको पनि उपचारका क्रममा धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 


मृत्यु हुनेमा दशरथचन्द नगरपालिका वडा नम्बर ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीया तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेको प्रवक्ता खड्काले जानकारी दिए । 


दुर्घटनामा परेर दशरथचन्द नगरपालिका वडा नम्बर ६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जिप चालक डडेल्धुरका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका थिए । थप उपचारका लागि धनगढी रेफर गरिएकामा जिप चालक मालीको आइतबार राती बाटोमै मृत्यु भएको प्रहरी प्रवक्ता खड्काले बताए । 


उनको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । आइतबार राती साढे ८ बजे जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । जिप सडकबाट ७०० मिटर तल खसेको प्रहरीले बताएको छ ।