close

सिरहाको मिर्चैया नगरपालिका प्रमुखलाई पक्राउ गर्न निर्देशन 

सिरहाको मिर्चैया नगरपालिका प्रमुखलाई पक्राउ गर्न निर्देशन 

Trulli
ADVERTISEMENT

सिरहा–जिल्ला सरकारी वकिलको कार्यालयले मिर्चैया नगरपालिका प्रमुख श्रवणकुमार यादवलाई पक्राउ गर्न निर्देशन दिएको छ । राजगिर यादवको जाहेरीले शिवशंकर कापरीसमेत भएकाले ज्यान मार्ने उद्योग मुद्दामा उनीहरूलाई थप अनुसन्धान गर्न पक्राउका लागि निर्देशन दिइएको हो ।


प्रतिवादी कपारी यसअघि २१ दिन प्रहरी थुनामा परेर राजनीतिक दबाबमा छुटेका थिए । कोरोना संक्रमणको समय राहत वितरण गर्ने क्रममा आक्रमण गराएर विजयकुमार यादवको हात भाँचेर सख्त घाइते बनाई ज्यान मार्ने उद्योग गरेकाले नगरप्रमुख यादवलाई पक्राउ गर्न निर्देशन दिएको हो । यसअघि सोही मुद्दामा जिल्ला अदालत सिराहाले नगरप्रमुख यादवलाई सार्वजनिक अपराध मुद्दामा २ हजार रुपैयाँ जरिमाना गरिसकेको छ ।