close

एकतर्फी सडक नियम लागू गर्दै दैलेख प्रशासन

एकतर्फी सडक नियम लागू गर्दै दैलेख प्रशासन

Trulli
ADVERTISEMENT

दैलेख– सदरमुकामभित्र ट्राफिक व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय दैलेखले एकतर्फी सडक नियम लागू गर्ने भएको छ । बजारभित्र साँघुरो सडक, सर्वसाधारण आउजाउ गर्न कठिन भएसँगै ट्राफिक व्यवस्थापन गर्न एकतर्फी सडक नियम लागू गर्ने भएको हो ।


सदरमुकामभित्र ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तारलगायतलाई प्राथमिकता दिँदै बजार क्षेत्रमा सवारी जाम पर्ने भएकाले एकतर्फी सडक मात्र प्रयोग गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । उनले भने, ‘बजार क्षेत्रमा अब जहाँ पायो, त्यही गाडी पार्किङ गर्ने, ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गरिनेछ ।’


सवारी पार्किङ नारायण नगरपालिका वडा नम्बर ६ मा रहेको पुरानो बसपार्कमा मात्र गर्ने निर्णय भएको छ । दैलेखको दक्षिण तर्फबाट सदरमुकाम सवार हुने यात्रुुबाहक बस, मालवाहक साधनले पुष्पलाल मध्यपहाडी रुट प्रयोग गर्नुपर्ने, बजार क्षेत्रका अव्यवस्थित तार व्यवस्थापन, गाडी पार्किङ, सदरमुकामका विभिन्न ठाउँमा हुने ट्राफिक जाम कम गर्न बजार क्षेत्रमा सवारी पार्किङ गर्ने नपाइने प्याकुरेलले जानकारी दिए ।


सदरकामलाई सुन्दर र ट्राफिक व्यवस्थापन गर्न लाइसेन्स चेकजाँच गर्ने, ट्राफिक नियम जानी–जानी उल्लंघन गर्नेमाथि कडा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भूमेश्वर शाहले बताए । 


ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाउने कुरालाई ध्यान दिँदै तोकिएको स्थानभन्दा अन्यत्र सवारी पार्किङ गरेको पाइए ट्राफिक प्रहरी र नगरपालिकाले कारबाही गर्ने, सवारी पार्किङ निषेध गरिएको स्थानमा कसैले सवारी पार्किङ गरेको पाइए पहिलो पटक सचेत गराउने र दोस्रो पटक पनि सोही प्रकृति दोहोरिए जरिमाना गरिने शाहले बताए ।