close

उदयपुरमा तोकियो मतदाता नामावली अद्यावधिक दाबी विरोध तालिका 

उदयपुरमा तोकियो मतदाता नामावली अद्यावधिक दाबी विरोध तालिका 

Trulli
ADVERTISEMENT

उदयपुर– जिल्ला निर्वाचन कार्यालय उदयपुरले आउँदो वैशाखमा हुने स्थानीय निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । कार्यालयले मतदाता नामावलीको त्रुटि सच्याउन समय तोकेको हो ।

 

निर्वाचनका लागि मतदाता नामावलीमा देखिएका समस्या समाधान गर्दै नागरिकलाई मतदानमा प्रक्रियामा सहजीकरण गर्ने काम थालिएको छ ।  निर्वाचन कार्यालयले विभिन्न राजनीतिक दलका जिल्लास्थित पार्टी अध्यक्ष तथा प्रतिनिधि, सरकारी कर्मचारी, संघ–संस्था, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीलाई कार्यालयबाट भइरहेका कामबारे जानकारी दिएको छ ।

 

जिल्ला निर्वाचन कार्यालय उदयपुरका निर्वाचन अधिकारी हिमालय बरालले निर्वाचन गतिविधिबारे सम्बन्धित निकायले आवश्यकताअनुसार चासो नराखेको गुनासो गरे । बरालले स्थानीय जनप्रतिनिधि, पार्टी प्रतिनिधि तथा सञ्चार क्षेत्रले पनि यस विषयमा कुनै चासो नराखेको आरोप लगाए ।

 

सबैले निर्वाचन कार्यालयलाई सहयोग गर्दा त्रुटि सच्चिएर जाने र सबैले मतदान गर्न पाउने उनको भनाइ छ । मतदाता नामावली अद्यावधिक र दाबी विरोधका लागि १९ देखि २६ फागुनसम्मको समय तोकिएको छ ।

 

मतदाता नामावली अद्यावधिक दाबी विरोधका लागि मतदाता त्रुटि भए, झुटा विवरण दिई नामावली समावेश गरे, मतदाताको नाम एकभन्दा बढी भए, नामावलीमा मृत्यु भए वा नागरिकता त्याग गरे, बसाइँसराइलगायत उजुरी परेको अवस्थामा मतदातालाई सफाइ दिने अवस्थाबारे नामावलीमा अद्यावधिक दाबी विरोध गर्न पाइनेछ ।

 

सबै प्रकारका त्रुटि सच्याउन मिल्ने र त्यसका लागि कार्यालयले तोकेको समयभित्र सम्बन्धित कार्यालय तथा व्यक्ति स्वयं उपस्थित भई नामावली सच्याएर निर्वाचनमा भाग लिन सकिनेछ । निर्वाचन ऐनअनुसार काम हुँदै आएको कार्यालयले बताएको छ ।

 

निर्वाचन कार्यालय, प्रशासन कार्यालय, स्थानीय तह, वडा कार्यालय र सरोकारवालासँग बुभ्mन सकिनेछ । कार्यालयले २९ वैशाखसम्म १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराएकाले निर्वाचनमा भाग लिन पाउने बताएको छ ।