close

कोल्टीमा आँखा शिविर सञ्चालन, पहिलो दिनै ६ सयभन्दा बढीले लिए सेवा

कोल्टीमा आँखा शिविर सञ्चालन, पहिलो दिनै ६ सयभन्दा बढीले लिए सेवा

Trulli
ADVERTISEMENT

बाजुर ।  बाजुराको बुढीनन्दा नगरपालिकाको प्राथमिक स्वास्थ्यकेन्द्र कोल्टीमा आजदेखि आँखा शिविर सञ्चालन भएको छ । 

 

बुढीनन्दा नगरपालिका, प्राथमिक स्वास्थ्यकेन्द्र कोल्टीको समन्वय तथा गेटा आँखा अस्पताल धनगढीको आयोजनामा कोल्टीमा तीनदिने आँखा शिविर सञ्चालन भएको हो । 

 

शिविरमा विभिन्न प्रकारका आँखाका रोगीको निःशुल्क उपचार हुने प्राथमिक स्वास्थ्यकेन्द्र कोल्टीले जनाएको छ । 

 

शिविर सञ्चालन भएको पहिलो दिन अर्थात् आज ६ सय ८२ जनाले सेवा लिएको उपचारमा संलग्न तथा गेटा आँखा अस्पताल धनगढीका नेत्र अधिकृत नरेन्द्र विष्टले बताए । 

 

जसमा तीन सय ६८ महिला र तीन सय १४ जना पुरुष छन् । शनिबारदेखि तीन दिनसम्म सञ्चालन हुने शिविरमा जलबिन्दु, मोतीबिन्दु, आखाँ कम देख्ने, आखाँमा मासु पलाएको, आँखा रसाउने, बिछाउने, चिलाउने र आँखाको अपे्रसनलगायत सेवा सञ्चालन हुने विष्टले बताए । 

 

विषेशगरी आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरीक, अशक्त अपांग र विपन्न वर्गका नागरिकको उपचारमा सहजताका लागि कोल्टीमा शिविरको आयोजना गरिएको उनको भनाइ छ । 
 

आर्थिक अवस्था कमजोर भएका र त्यसैमा बाजुरा जस्तो दुर्गम क्षेत्रका नागरीकले आँखा उपचारका लागि धनगढी पुग्नुपर्ने वाध्यतालाई ध्यानमा राखी शिविर सञ्चालन गरिएको उनको भनाइ थियो । 

 

कोल्टीमा तीन वर्षपछि आँखा शिविर बस्दा बिरामीको चाप बढी देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । आउँदो सोमबारसम्म चल्ने शिविरमा बाजुरालगायत छिमेकी जिल्ला हुम्ला, मुगु र कालीकोटका बिरामीले सेवा पाउने प्राथमिक स्वास्थ्यकेन्द्र कोल्टीका डाक्टर चेतबहादुर धामीले बताए । 
 

सामान्य आँखा परीक्षणका लागि धनगढी, नेपालगन्ज र काठमाडांैलगायत  सुविधिासम्पन्न ठाउँमा जानुपर्ने बाध्यतामा रहेका बाजुराबासीले कोल्टीमा उपचार पाउँदा खुसी भएका छन् ।