close

बजेट अभावका कारण अलपत्र परेको जुम्लामा अर्को हाइअल्ट्रिच्युट ट्रेनिङ सेन्टर बनाउन प्रस्ताव

बजेट अभावका कारण अलपत्र परेको जुम्लामा अर्को हाइअल्ट्रिच्युट ट्रेनिङ सेन्टर बनाउन प्रस्ताव

Trulli
ADVERTISEMENT

जुम्ला । बजेट अभावका कारण ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर अलपत्र अलपत्र परिरहेका बेला सरकारले बजेटमार्फत् अर्को ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर बनाउने घोषणा गरेको छ । 

  

जुम्लाको पूर्वीभेगमा पर्ने पातारासी गाउँपालिकाको छुमचौरमा निर्माण हुने ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण बजेट अभावका कारण अलपत्र परिरहेका बेला आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत् अर्को ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर बनाउने घोषणा गरेका हुन् । 

 

आर्थिक वर्ष २०७४/०७५ मा करिब ३२ करोड ३ लाख लागतमा डिपिआर तयार गरिएको गरिएको थियो । 

 

एउटा योजना सम्पन्न नभई सरकारले आगामी बजेटमार्फत जुम्लाको तातोापानी गाउँपालिका–८ टोप्ला पाटनमा हाइअल्ट्रिच्यूट ट्रेनिङ सेन्टर बनाउने उल्लेख गरेको छ । 

 

बहुवर्षिय योजनाका रूपमा हेरिएको ‘हाईअल्टिच्युट ट्रेनिङ सेन्टरलाई तीन तहबाट आवश्यक बजेट नजुट्दा निर्माण कार्य अघि बढाउन मुस्किल परेको हो ।

 

नयाँ खेलाडी उत्पादन गर्न र दैनिक अभ्यास गर्न मैदान अत्यावश्यक हुँदा कर्णाली सरकार र स्थानीय सरकारले चासो नदिनु दुखद पक्ष भएको नागरिक समाजका अगुवा राजबहादुर महतले बताए ।