close

जुम्लामा १५ सय किलोवाटकाे सोलार पलान्ट राख्न स्थान छनाेट

जुम्लामा १५ सय किलोवाटकाे सोलार पलान्ट राख्न स्थान छनाेट

Trulli
ADVERTISEMENT

जुम्ला ।  जुम्लाको बिजुली आपूर्ति व्यवस्थापनका लागि १५ सय किलोवाट सोलार पलान्ट राख्नका लागि स्थान छनोट गरिएको छ । 

 

चन्दननाथ नगरपालिका–३स्थित खोपचौर र घुघुत्ती पावरहाउसनजिकको चौरमा सोलार पलान्ट राख्नका लागि स्थान छनोट गरिएको हो । 
 

 

नेपाल विद्युत् प्राधिकरणको लगानीमा १५ सय किलोवाट सोलार पलान्ट राख्नका लागि खोपेचौर र पावरहाउसनजिक चौर छनोट गरी पठाएको वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले बताए । 

 

उनले भने, ‘नेपाल विद्युत प्राधिकरण काठमाडौंबाट पिएमडी शाखाका तीन जनाको इन्जिनियर टोली जुम्ला आएर काठमाडौं फर्केका छन् । यहाँबाट दुई ठाउँमा छनोट गरी पठाएको छ । केन्द्रको पिएमबी शाखाले दुई स्थान मध्ये एक उपयुक्त स्थान छनोट गर्नेछ ।  
 

 

जुम्लाको चन्दननाथ नगरपालिकाका लागि ७ सय किलोवाट विजुली खपत हो । १५ सय किलोवाट सोलार पलान्ट स्थापना भएपछि यहाँको विजुली आपूर्तिमा निकै राहत हुने उनले बताए । 

 

जुम्ला राष्ट्रिय प्रसारण लाइनसँग जोडिए पनि नियमित बिजुली आपूर्ति हुने गरेको छैन । दैलेख दुल्लु, कालिकोट हुदै जुम्ला राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको हो । 

 

बिजुलीको लाइन भिरपाखामा भएकोले बाढीपहिरो, वर्षाद, हावाहुरीले बिजुलीको लाइन पोलमा क्षति हुने गरेको नियमित बिजुली आपूर्ति नहुने गरेको हो । अझै पनि जुम्लाका सबै गाउँबस्ती राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेको छैन ।