close

जुम्ला जिसस प्रमुखमा आचार्य र उपप्रमुखमा थकाली मनोनयन

जुम्ला जिसस प्रमुखमा आचार्य र उपप्रमुखमा थकाली मनोनयन

Trulli
ADVERTISEMENT

जुम्ला । जिल्ला समन्वय समिति जुम्लाको निर्वाचनमा कांग्रेस र समाजवादीबीच गठबन्धन भएको छ । 

जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका गौरिनन्द आचार्य र उपप्रमुखमा समाजवादीका जनक थकाली मनोनयन भएका छन् । 

जेठ २९ गते हुने जिसस निर्वाचनका लागिका लागि कांग्रेस र समाजवादी पार्टीबाट मनोयन दर्ता गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्ला समन्वय समितिका नौ पदाधिकारी हुने व्यवस्था छ । 

नौ सदस्यीयमध्ये एक उपप्रमुख, एक सदस्य समाजवादी, एक प्रमुख, ६ सदस्य कांग्रेसको तर्फबाट मनोनयन दर्ता भएको हो । 

यहाँ एक नगरपालिका र सात गाउँपालिका छन् । जिल्ला समन्वय समितिको निर्वाचनमा आठ स्थानीय तहको प्रमुख उप्रमुख गरी १६ जनाले मतदान गर्न पाउनेछन् । 

कांग्रेस आठ, माओवादी ६, समाजवादी एक र स्वतन्त्र एक गरी १६ जनाले मतदान गर्ने मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले बताए । 

समाजवादीका थकाली गुठीचौर गाउँपालिका अध्यक्षमा कांग्रेसका दानबहादुर बुढासँग पराजय भोगेका हुन् । अध्यक्षमा पराजय भोगेका थकालीलाई पुन पार्टी कार्यपालिका सदस्यमा सिफारिस गरेपछि जिससको उपप्रमुखमा मनोनयन दर्ता गरेका हुन् ।