close

कालीगण्डकी नदीमा डुंगा पल्टिँदा डुबेका ७ जनाको सकुशल उद्वार

कालीगण्डकी नदीमा डुंगा पल्टिँदा डुबेका ७ जनाको सकुशल उद्वार

Trulli
ADVERTISEMENT

रुपन्देही ।  पाल्पाको रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा डुबेका ७ जनाको सकुशल उद्वार भएको छ। र्‍यायाफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार उनीहरू बिहीबार बेलुकी पौने ७ बजे डुबेका हुन्।

उनीहरू भारतबाट रानीमहल घुम्न आएका पर्यटक डुबेका हुन् । बेपत्ता भएको करिब १५ मिनेटमा सकुशल उद्धार गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त बताए।

रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारीबीच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो। अस्थायी प्रहरी चौकी रानीमहलका हवल्दार दधिराम कार्कीको नेतृत्वमा रहेको प्रहरी टोली र डुंगा चालकले उद्धार गरेको उनले बताए। डुंगा पुलको पिलरमा ठोकिएर पल्टिएको थियो। डुबेका सबैको अवस्था सामान्य छ।