close

धनगढी उपमहानगरपालिकाको आव २०७९/८० को बजेट एक अर्ब ८३ करोड​​​​​​

धनगढी उपमहानगरपालिकाको आव २०७९/८० को बजेट एक अर्ब ८३ करोड​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० लागि एक अर्ब ८३ करोड बढी बजेट ल्याएको छ । 

शुक्रबार धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले एक अर्ब ८३ करोड ८९ लाख २४ हजार अनुमति बजेट सार्वजनिक गरेकी हुन् । 

आगामी आर्थिक वर्षका लागि चालुतर्फ एक अर्ब तीन करोड १९ लाख ७० रुपैयाँ र पुँजीगततर्फ ८० करोड ६९ लाख ५३ हजार विनियोजन भएको छ । 

चालू आर्थिक वर्षको जेठ महिनासम्म कुल बजेटको ५३ दशमलब ३० प्रतिशत रकम वित्तिय प्रगति रहेको उपमहानगरपालिकाले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा एक करोड छ लाख ३१ हजार आठ सय ९७ रकम थप गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ ।

उपमहानगरपालिकाले आन्तरिकतर्फ २६ करोड ७९ लाख २४ हजार, राजश्व बाँडफाँटतर्फ ४७ करोड २९ लाख ३३ हजार, संघीय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ९६ करोड ४८ लाख, प्रदेश सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ३५ करोड ३४ लाख पाँच हजार र सरी आएको १० करोड रकमलाई आयतर्फ विनियोजन गरेको छ ।