close

निर्माण सुरु भएको ११ वर्षमा पनि सकिएन सप्तरीको घोरदहनदीको पुल, चासो छैन जनप्रतिनिधिलाई

निर्माण सुरु भएको ११ वर्षमा पनि सकिएन सप्तरीको घोरदहनदीको पुल, चासो छैन जनप्रतिनिधिलाई

ADVERTISEMENT

पुल, विद्युत, सडक, स्वास्थ्यचौकी, विद्यालय, खानेपानी जस्ता मानव जीवनका अत्यावश्यक सेवाहरुबाट आजको समयमा पनि बञ्चित बन्नुपर्दाको पीडा कस्तो होला ?

 

अझ वर्षौंअघि योजनामा परेर निर्माण कार्यको सुरुवात पनि भइसकेको काम आजसम्म पूरा नभएर स्थानीयले पटकपटक सास्ती खेप्नुपर्दा ठेकेदार कम्पनी, जनप्रतिनिधि र जिम्मेवार निकायलाई कति धेरै श्राप दियो होला स्थानीयको पीडाले ?

 

यस्तै भएको छ सप्तरीको छिन्नमस्ता गाउँपालिकामा । यहाँको घोरदह नदीमा ११ वर्षदेखि अलपत्र पुल निर्माणको काम अझै नसकिँदा स्थानीय निकै ठूलो मर्कामा छन् ।