close

चिया नास्ता मै लाखौँ खर्च हुन्छ, त्यसलाई जनताको हितमा खर्च गर्छु : मेयर रावत (भिडियो कुराकानी)

चिया नास्ता मै लाखौँ खर्च हुन्छ, त्यसलाई जनताको हितमा खर्च गर्छु : मेयर रावत (भिडियो कुराकानी)

ADVERTISEMENT

कैलाली । देशको पश्चिमी भूभागको भ्रमणमा निस्किएको पालिका खबरको टोली अहिले कैलालीको घोडाघोडी नगरपालिका पुगेको छ ।

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले मेयर जितेको केही पालिका मध्ये घोडाघोडी नगरपालिका पनि एक हो । यो नगरपालिकामा एकीकृत समाजवादीका खडकबहादुर रावतले विगतमा एउटै दलमा रहेका ममताप्रसाद चौधरीलाई हराएर मेयर बन्ने अवसर पाएका हुन् ।

कैलालीका प्रसिद्ध घोडाघोडी तालको नामबाट यो नगरपालिकाको नामकरण गरिएको छ ।

नवनिर्वाचित मेयर रावतलाई नै आधार मान्ने हो भने पनि नगरपालिका बन्ने आधारभूत मान्यताहरू पुरा भई नसकेको अवस्थामा नै घोडाघोडीलाई नगरपालिका घोषित गरिएको थियो । त्यसैले यो नगरपालिकालाई समुन्नत नगरपालिका बनाउन धेरै चुनौतीहरूको सामना गर्नु पर्ने अवस्था छ ।

‘नगरबासीहरु अहिले पनि एउटा नगरपालिकाका बासिन्दा पाउनु पर्ने न्यूनतम सुविधाबाट समेत वञ्चित छन्,’ मेयर रावत भन्छन्, ‘त्यसैले एउटा नगरबासीले पाउनु पर्ने सामान्य सेवा सुविधाको आधार तयार पार्नु नै मेरो पहिलो काम हुनेछ ।’

घोडाघोडी नगरपालिकाका हरके वडाबाट कुनै न कुनै नदी बगेका छन् । त्यसले हरेक वर्ष खेतीयोग्य जमिनलाई कटान गरिरहेका छन् । यस्तो कटान रोक्नु पनि आफ्नो दायित्व भएको रावत बताउँछन् । साथै बाढी र कटानबाट विस्थापित बनेकालाई पुनर्स्थापित गर्नु पनि आफ्नो दायित्व र योजना रहेको मेयर रावत बताउँछन् ।

साथै सो नगरपालिकामा मुक्त कमैया शिविरहरू पनि छन् । ती शिविरमा रहनेहरूले राम्रोसँग खान पाउन नपाइरहेको अवस्थामा नगरपालिकाले उनीहरूलाई सम्मानसँग बाँच्ने आधार तयार पारिदिने योजना समेत उनको छ । यीसँगै आउने ५ वर्षमा शिक्षा, स्वास्थ्यलाई पनि विशेष प्राथमिकतामा राखेर योजना बनाइने उनी बताउँछन् ।

साथै उनले पालिकामा चिया खाजा लगायतका सामान्य विषयमा कटौती गर्दै फजुलरुपमा खर्च हुने लाखौँ रकमलाई जनताको हितमा खर्च गर्ने सोचाइ बनाएका छन् । जसलाई उनले कार्यान्वयन तहमा लगिसकेका छन् ।

आज प्रस्तुत छ, मेयर रावतसँग पालिका खबरका जनकराज पण्डितले गरेको कुराकानीको सम्पादित अंश ।