close

महिलालाई नि: शुल्क सीपमुलक तालिम दिँदै दमक

महिलालाई नि: शुल्क सीपमुलक तालिम दिँदै दमक

Trulli
ADVERTISEMENT

झापा– दमक नगरपालिकाले महिलालाई नि: शुल्क सीपमुलक तालिम दिने भएको छ । नगरपालिकाले महिलाहरुलाई वर्थडे केक र कफी बनाउने, अटो ड्राईभिङ, तान बुन्ने जस्ता निःशुल्क तालिम उपलब्ध गराउन लागेको हो । 

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्विकृत बजेट तथा कार्यक्रमअन्तर्गत सो तालिम सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । १८ वर्षदेखि ४५ वर्षसम्मका महिलाले तालिममा सहभागिता सक्ने नगरपालिकाले जनाएको छ । इच्छुक महिलालाई ७  दिनभित्रमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा आवश्यक कागजातसहित आवेदन दिन बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले अनुरोध गरेको छ ।