close

बाढीपहिरोको उच्च जोखिममा ७५ घर (फोटो फिचर)

बाढीपहिरोको उच्च जोखिममा ७५ घर (फोटो फिचर)

Trulli
ADVERTISEMENT

धादिङ ।  केही दिनदेखिको अविरल वर्षाका कारण धादिङको त्रिपुरासुन्दरी र गंगाजमुना गाउँपालिकाको विभिन्न स्थानमा बाढी पहिरोले ७५ घर पहिरोको जोखिममा छन् । 

निरन्तरको वर्षाले जताततै पहिरो खस्न थालेपछि बस्तीहरु प्रभावित भएका हुन् ।  अविरल वर्षा पछिको पहिरोले गंगाजमुना गाउँपालिका-६ बसेरीमा २४ घर परिवार प्रभावित भएका छन् । गएको बिहिबार रातिदेखि उनिहरु घर छाडेर छिमेकीको घर गोठमा बसिरहेको पूर्ववडाअध्यक्ष भक्तबहादुर लामिछानेले बताए । 

नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति नारायण तिमल्सिनाका अनुसार  गंगाजमुना-६ बुढाथुममा १४ घर, वडा नम्बर ५ फुलखर्कमा १४ घर, वडा नम्बर २ रिगाउँ मा १३  घर विस्थापित भएको प्रारम्भीक सूचना जिल्ला विपद व्यवस्थापन समितिमा आएको छ । 

गंगाजमुना गाउँपालिका नवनिर्वाचित अध्यक्ष भक्त लामाका अनुसार एकैपटक धेरै घर परिवार विस्थापित भएकोले  रेडक्रस र जिल्ला विपद व्यवस्थापन समितिलाई सहयोगका लागि अनुरोध गरिएको छ ।