close

बागमती सरकारमा हलचल, ३ मन्त्रीको राजीनामा, ४५ सांसदले दर्ता गरे अविश्वासको प्रस्ताव

बागमती सरकारमा हलचल, ३ मन्त्रीको राजीनामा, ४५ सांसदले दर्ता गरे अविश्वासको प्रस्ताव

Trulli
ADVERTISEMENT

मकवानपुर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादको असर बागमती प्रदेश सरकारमा पनि देखिएको छ ।

 

बागमती प्रदेश सरकारमा रहेका प्रचण्ड-नेपाल पक्षीय तीन जना मन्त्रीले राजीनामा दिएलगत्तै ४५ जना सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

 

११० जना सांसद रहेको प्रदेशसभामा नेकपाको ८० सांसदमध्ये प्रचण्ड-नेपाल पक्षमा ४६ जना र ओलीतर्फ ३४ जना सांसद  छन् । त्यस्तै, नेपाली कांग्रेसका २२, विवेकशील साझाका तीन, नेमकिपा र राप्रपाका दुई-दुई र स्वतन्त्रका एक जना सांसद छन् ।