close

अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव

अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव

Trulli
ADVERTISEMENT

मकवानपुर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाले  बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अघि सारेको छ ।


बागमती सरकारमा रहेका प्रचण्ड-नेपाल पक्षीय तीन जना मन्त्रीले राजीनामा दिएलगत्तै ४५ जना सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । अविश्वासको प्रस्तावमा शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।

 

अविश्वासको प्रस्तावमा मुख्यमन्त्री डोरमणि पौडेल मुख्यमन्त्री रहिरहँदा चुनौती र समस्याहरू अझ गम्भीर बन्दै जाने र यसबाट जनता एवम् प्रदेशले ठूलो क्षति व्यहोर्ने आरोप लगाइएको छ ।

 

प्रस्तावमा 'नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा नेकपा बागमती प्रदेशसभा दलको विधान २०७५ को धारा २८ बमोजिम बागमती प्रदेशसभाका सदस्यहरूले माननीय मुख्यमन्त्री डोरमणि पौडेलमाथिको विश्वास छैन' भनी अविश्वासको प्रस्ताव पेस गर्ने प्रयोजनको लागि नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार तत्काल प्रदेशसभाको बैठक बोलाउन अनुरोध गरिएको छ ।

 

११० जना सांसद रहेको प्रदेशसभामा नेकपाको ८० सांसदमध्ये प्रचण्ड-नेपाल पक्षमा ४६ जना र ओलीतर्फ ३४ जना सांसद  छन् । त्यस्तै, नेपाली कांग्रेसका २२, विवेकशील साझाका तीन, नेमकिपा र राप्रपाका दुई-दुई र स्वतन्त्रका एक जना सांसद छन् ।