close

धनकुटा एमाले समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित 

धनकुटा एमाले समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित 

Trulli
ADVERTISEMENT

धनकुटा– धनकुटामा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन गरिएको छ । नेकपा एकीकृत समाजवादीका नेताहरूको उपस्थितिमा पार्टी कार्यालय उद्घाटन र धनकुटा जिल्ला कमिटीको बैठकबाट पहिले बनाइएका समानान्तर कमिटीलाई जिल्ला कमिटीमा रुपान्तरण गरिएको हो ।


 
माधवकुमार नेपाल समूहले अर्जुन राईको संयोजकत्वमा बनाएको समानान्तर कमिटी एकीकृत समाजवादी पार्टीमा रुपान्तरण भएको हो । कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष घनेन्द्र बस्नेत, प्रदेश कमिटी सदस्य धर्मराज पौडेल, सुरेन्द्र पौडेल, टेकरत्न चेम्जोङ, जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख बंगला राईलगायत उपस्थिति थिए ।


बैठकले समानान्तर कमिटीलाई समाजवादी पार्टीमा रुपान्तरण गरेर पार्टी कार्यालय उद्घाटन गरेको एकीकृत समाजवादी धनकुटाका अध्यक्ष राईले बताए । कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष बस्नेतले कम्युनिस्ट आन्दोलनमा ओली प्रवृत्ति उदय भएकाले त्यो प्रवृत्तिलाई सच्याउन अन्तरसंघर्ष स्वरूप नयाँ पार्टी गठन गर्नुपरेको दाबी गरे ।


नवगठित पार्टीको जिल्ला कमिटीको अध्यक्षमा अर्जुन राई र सचिवमा खगेन्द्र सुवेदी चयन भएका छन् । कमिटीको उपाध्यक्ष र सहसचिव कार्यकर्ता भेला गरेर चयन गर्ने निर्णय भएको अध्यक्ष राईले जानकारी दिए । 
यसअघि गठन गरिएको समानान्तर कमिटीका सबै सदस्य एकीकृत समाजवादीमा लागेको उनको दाबी छ ।