close

कांग्रेस धनकुटा नगर सभापतिमा श्रेष्ठ 

कांग्रेस धनकुटा नगर सभापतिमा श्रेष्ठ 

Trulli
ADVERTISEMENT

धनकुटा– नेपाली कांग्रेस धनकुटा नगर सभापतिमा नरेश श्रेष्ठ चयन भएका छन् । एक साताको रस्साकस्सीपछि शनिबार श्रेष्ठको सभापतित्वमा ५७ सदस्यीय नगर समिति सर्वसम्मत चयन भएको हो ।


समितिको उपसभापतिमा अभिषेक कर्माचार्य र अमित लो तामाङ, सचिवमा राम तामाङ र लोकेन्द्र खड्का, सहसचिवमा ज्ञानेन्द्र बस्नेत र शारदासन्तोषी राई सर्वसम्मत चयन भए भने कोषाध्यक्ष पछि मनोनीत गरिने भएको छ ।


गत ९ असोजदेखि सुरु भएको नगर अधिवेशनमा श्रेष्ठसहित उपसभापति अभिषेक कर्माचार्यले दाबी गरेपछि सहमतिका लागि पटक–पटक कार्यतालिका परिवर्तन र स्थगित हुँदै आएको थियो ।


धनकुटा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षसमेत रहेका श्रेष्ठ सभापतिमा सर्वसम्मत चयन भएको निर्वाचन समिति सदस्य खगेन्द्र प्रसाद घिमिरेले जानकारी दिए । धनकुटा अन्य स्थानीय तहमा यसअघि नै कांग्रेसले नेतृत्व चयन गरिसकेको छ ।  चौबिसे गाउँपालिकामा पदाधिकारीका लागि र महालक्ष्मी नगरपालिकामा सभापतिका लागि निर्वाचन भएको थियो । 

 

पाख्रिबास नगरपालिका, साँघुरीगढी गाउँपालिका, सहिदभूमि गाउँपालिका र छथर जोरपाटी गाउँपालिकामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको छ । 
पाख्रीबास नगरपालिकामा पे्रम भण्डारी, महालक्ष्मी नगरपालिकामा ध्रुवराज राय, चौबीसे गाउँपालिकामा गुणराज राई, छथर जोरपाटी गाउँपालिकामा छत्र सुब्बा, सहिदभूमिमा दीपेश राई र साँघुरीगढीमा नेपालधन राई सभापति चुनिएका छन् ।