close

वडाको पुनः मतगणना : स्वतन्त्र उम्मेदवारले जितेपछि विरोध

वडाको पुनः मतगणना : स्वतन्त्र उम्मेदवारले जितेपछि विरोध

Trulli
ADVERTISEMENT

महोत्तरी–महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ मा पुनः भएको मतगणनाप्रति कांग्रेसबाट विजयी अरुणकुमार चौधरीले आपत्ति जनाएका छन् ।
स्वतन्त्र उम्मेदवार रमेश रायले २६७ मतको दाबीसहित मुद्दा दायर गरे पनि २६८ मत कसरी आयो भन्नेमा आफूलाई चित्त नबुझेको चौधरीले बताए । यसका लागि कानुनी उपचार खोज्ने उनको भनाइ छ ।


स्वतन्त्र उम्मेदवार रायले २६८ मत र कांग्रेसबाट विजयी भएका हाल वडाध्यक्ष रहेका चौधरीले २६६ मत मात्र ल्याएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार रायले हाल वडाध्यक्ष रहेका चौधरीको भन्दा २ मत बढी ल्याएर विजयी भएका हुन् । आयोगले मतगणनामा पक्षपात गरेको दाबीसहित चौधरीले उक्त मतपरिणामलाई नस्वीकार्ने अडान लिएका छन् ।

 

‘रायले ल्याएको भनिएको २६८ मतमै प्रश्नचिह्न उठेको छ । अब कानुन व्यवसायीसँग कसरी कानुनी उपचार खोज्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ । यो परिणाम कुनै पनि हालतमा स्वीकार्दिनँ’, चौधरीले भने ।

 

२ असोज २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार रहेका चौधरीको २६४ मत र स्वतन्त्र उम्मेदवार रायको २६७ मत आएकामा निर्वाचन अधिकृतले चौधरीको ३ वटा बदर मतसमेत सदर गरिदिएपछि दुवैको परिणाम बराबरी भएको थियो । 


आयोगले गोलाप्रथाद्वारा कांग्रेसका उम्मेदवार चौधरीलाई विजयी भएको घोषणा गरेको थियो । तर, स्वतन्त्र उम्मेदवार रायले आफ्नो अनुपस्थितिमा विजयी घोषणा गरेको भन्दै सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

 

६ चैत २०७७ मा उच्च अदालत जनकपुरकै आदेशलाई सर्वोच्चले सदर गरिदिएकामा कोरोनाका कारण मतगणनाको मिति तय हुन सकेको थिएन । उच्च अदालत जनकपुरको इजलास नम्बर २ बाट न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले ७ कात्तिक २०७८ बिहान ११ बजेका लागि मतगणना मिति तोकेको थियो । 

 

कांग्रेसले स्वीकार्‍यो  फैसला

 

सर्वोच्चको फैसला र मतगणनापछि आएको परिणामलाई कांग्रेसले भने स्वागत गरेको छ ।  ४ वर्षपछि भए पनि स्वतन्त्र उम्मेदवार रमेश रायले न्याय पाएको कांग्रेसले बताएको छ । महोत्तरीका नेता तथा कांग्रेस केन्द्रीय सदस्य चिरञ्जीवी हमालले अदालतले गरेको फैसलालाई चौधरीले समेत स्वीकार्नुपर्ने बताए । जनप्रतिनिधिले समेत मत परिणाम अदालतको निर्देशनअनुसार नै भएको र यो विषयमा केही बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।