close

कांग्रेस महोत्तरीमा घरझगडा : विवादका कारण अझै टुंगो लागेन पालिका र वडा अधिवेशन

कांग्रेस महोत्तरीमा घरझगडा : विवादका कारण अझै टुंगो लागेन पालिका र वडा अधिवेशन

Trulli
ADVERTISEMENT

महोत्तरी–नेपाली कांग्रेस महोत्तरीमा विवादका कारण पालिका र वडा अधिवेशनको टुंगो अझै लाग्न सकेको छैन । महोत्तरीका १५ मध्ये ७ वटा पालिकामा निर्वाचन सम्पन्न भएको छ भने ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चुनिएका छन् ।


बाँकी बल्वा नगरपालिकामा विवादका कारण पार्टीको निर्णयअनुसार अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको महोत्तरी कांग्रेसले जनाएको छ । त्यस्तै, मनरासिस्वा नगरपालिकाको वडा नम्बर ८ मा विवादकै कारण अझै अधिवेशन हुन सकेको छैन ।

 

बाँकी १३७ वडामा कतै निर्वाचन र कतै सर्वसम्मतिमा अधिवेशन सम्पन्न भइसकेको कांग्रेस महोत्तरीका सभापति महेश्वर रायले जानकारी दिए । मनरासिस्वा वडा नम्बर ८ मा उम्मेदवारबीच हात हालाहालै भएपछि वडा अधिवेशन स्थगित भएको थियो । ७ वटा पालिकामा भएको निर्वाचनको परिणाम आउन बाँकी रहेका कारण प्रदेशस्तरीय अधिवेशनसमेत अन्योलमा परेको छ । ‘शुक्रबार खुलासत्र गर्ने सहमति भए पनि निर्वाचनका विषयमा छलफलै भएको छैन’, सभापति रायले भने ।

 

जलेश्वर, भंगाहा र मनरासिस्वाको मत परिणाम आइसकेको छैन । विवाद भएका वडा र पालिकाबाहेक सबै ठाउँको अधिवेशन शुक्रबार नै टुंगोमा पु¥याइने कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले जानकारी दिए ।

 

निर्वाचनलाई सहजीकरण गर्न केन्द्रबाट महोत्तरी आएका निर्वाचन अधिकृत इन्द्र सुवेदीका अनुसार महोत्तरीमा सबैभन्दा ठूलो विवाद मतदान केन्द्रको विषयमा भएको छ । ‘उम्मेदवारीभन्दा पनि मतदान गर्ने विषयमा मतदान केन्द्रलाई लिएर सम्बन्धित ठाउँका स्थानीय प्रतिनिधिमै ठूलो विवाद छ’, उनले भने ।