close

महोत्तरीमा बलियो बन्दै नेकपा एस 

महोत्तरीमा बलियो बन्दै नेकपा एस 

Trulli
ADVERTISEMENT

महोत्तरी– नेकपा एमाले टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीले महोत्तरीमा आफ्नो प्रभाव दरिलो बनाउँदै लगेको छ । सुरुमा एमालेको तुलनामा नेकपा एस महोत्तरीमा अलि कमजोर देखिए पनि पछिल्लो समय भने नेता नेपालको पार्टीमा प्रवेश गर्नेको संख्या बढिरहेको छ ।


नेकपा एसले महोत्तरीका १५ पालिकामध्य ८ पालिका र १३८ वडामध्ये २८ वडामा भेला सम्पन्न गरिसकेको छ । जिल्लामा समेत किसान महासंघबाहेक सबै जनवर्गीय संगठनको भेला सम्पन्न भइसकेको नेकपा एस महोत्तरीका सचिव सोमबहादुर कार्कीले जानकारी दिए ।

 

पछिल्लो समय नेकपा एसतर्फ एमालेमा रहेका जिल्ला नेताहरूको समेत आकर्षण बढ्दै गएको उनको दाबी छ । भर्खरै सम्पन्न मट्टिहानी नगरपालिकाको नगरभेलामा पूर्वगाविस अध्यक्षसहितको समूह नेकपा एसमा प्रवेश गरेको छ भने कतिपय ठाउँबाट स्थानीय प्रभावशाली व्यक्तिले नेकपा एस रोजिरहेका छन् ।

 

एमाले जिल्ला कमिटी सदस्यमा रहिसकेका मीन रापाल, एमालेमा सचिव बसिसकेका धु्रवनारायणलाल कर्ण, महिला संघकी शशी क्षेत्रीसहित ठूलो समूह नेकपा एसमा प्रवेश गरिसकेको नेता नेपाल समूहकले जनाएको छ । महोत्तरीको बर्दिबास र गौशाला नगरपालिकाबाहेक अन्य पालिकामा एमालेको तुलनामा आफूहरूको वर्चस्व रहेको नेकपा एसका नेताहरूको दाबी छ ।