close

स्थानीय तह निर्वाचन-२०७९मा स्वतन्त्र उम्मेदवार लहर : बाजुरामा २८ मध्ये नौ विजयी

स्थानीय तह निर्वाचन-२०७९मा स्वतन्त्र उम्मेदवार लहर : बाजुरामा २८ मध्ये नौ विजयी

Trulli
ADVERTISEMENT

बाजुर ।  स्थानीय तहको निर्वाचन–२०७९ मा विभिन्न पदमा उम्मेदवारी दिएका बाजुराका नौ प्रतिनिधि विजयी भएका छन् । 

 

पार्टीबाट टिकट नपाई स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका २८ मध्ये नौजना विभिन्न पार्टीको सर्मथनबाट जनप्रतिनिधि बनेका हुन् । 

 

जिल्लाको बुढीनन्दा नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन् । 

 

नेपाली काग्रेसको क्षेत्रीय सभापतिसमेत रहेका  बोहोरा नेकपा एमालेको सर्मथनबाट नगरपालिकाको उपप्रमुख बनेका हुन् । 

 

खप्तड छेडेदह गाउँपालिका–४ मा चार सदस्यमा विजयी भएका छन् । वडा नम्बर–४ को खुला सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका भीमबहादुर धामी र शेरबहादुर धामी, महिला सदस्य धर्मा कुमारी बुढा र दलित महिला सदस्य बुगटी मिजार विजयी भएका छन् । 

 

नेपाली कांग्रेसको समर्थनमा त्रिबेणी नगरपालिकाकामा चारजना विजयी भएका छन् । वडा नम्बर–१ को महिला सदस्यमा कमलादेवी बुढा, वडा नम्बर–४ को महिला सदस्यमा मिनादेवी मिजार, वडा नम्बर–१ मा खुला सदस्यमा प्रकाशबहादुर बुढा र वडा नम्बर– १ कै दलित महिला सदस्य पारे ल्वार विजयी भएका छन् । 

 

जिल्लामा स्वतन्त्र उम्मेदवारी दिएका १९ जना उम्मेदवार भने पराजित भएका छन् । पराजित हुनेमा बुढीनन्दा नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका वीरबहादुर रोकाया, हिमाली गाउँपालिकाको अध्यक्षका उम्मेदवार गोरख सार्की, वडा नम्बर–६ मा वडा अध्यक्षका उम्मेदवार पूर्ण लाल पाण्डे, दलित महिला सदस्य बबिता चदारा पराजित भएका हुन् । 

 

त्यस्तै, स्वामिकार्तिक खापर गाउँपालिकाको अध्यक्षमा  स्वतन्त्र उम्मेदवारी दिएका बमलबहादुर शाही, उपाध्यक्षका उम्मेदवार बिरसिगें विक, वडा नम्बर–१ को वडा अध्यक्षका उम्मेदवार प्रदिपे कामी, वडा नम्बर– ३ का वडाध्यक्षका उम्मेदवार उत्तम शाही पराजित बनेका छन् । 

 

सोही गाउँपालिका वडा नम्बर– १ मा खुला सदस्यका उम्मेदवार प्रवल रोकाया, भीम ल्वार र धनराज कामी पराजित भएका छन् । 

जगन्नाथ गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएका जयसुर विष्ट र वडा नम्बर–४ को वडाध्यक्षमा उम्मेदवारी दिएका अंगराज भण्डारी पनि पराजित भएका छन् । 

 

स्वतन्त्रबाट त्रिवेणी नगरपालिकामा चार जना उम्मेदवार पराजित भएका छन् । वडा नम्बर– ७ को वडाध्यक्षका उम्मेदवार भरत शाह, वडा नम्बर–८ को वडाध्यक्षका उम्मेदवार मानबहादुर थापा र वडा नम्बर–९ को वडा अध्यक्षमा उम्मेदवारी दिएका भक्तबहादुर थापा पराजित बनेका छन् । 

 

सोही नगरपालिका वडा नम्बर–७ को वडा सदस्यका उम्मेदवार दाने अएडी र कर ल्वार पनि पराजित भएका छन् । 

 

गौमुल गाउँपालिका वडा नम्बर–६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी सोनु रोकाया पनि पराजित भएकी छन् ।