close

सात दलको समर्थनमा प्रधानमन्त्री बन्दै प्रचण्ड

केहीबेरमै प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपति समक्ष दावी प्रस्तुत गर्न दलहरु शितलनिवास जाँदै छन् ।

सात दलको समर्थनमा प्रधानमन्त्री बन्दै प्रचण्ड

केहीबेरमै प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपति समक्ष दावी प्रस्तुत गर्न दलहरु शितलनिवास जाँदै छन् ।

Trulli
माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली । फोटो : सास
ADVERTISEMENT

काठमाडौं । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा अडान नछोडेपछि गठबन्धन बैठक बिचमै छोडेर बालुटारबाट बालकोट पुगेका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने सहमती जुटाउन सफल भएका छन् । केहीबेरमै प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपति समक्ष दावी प्रस्तुत गर्न दलहरु शितलनिवास जाँदै छन् । 

बैठकमा सहभागी एमाले महासचिव शंकर पोखरेलले जनाए अनुसार प्रचण्डको नेतृत्वमा सरकार बनाउन १६६ सांसदको समर्थन जुटेको छ । नेकपा एमालेका ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदको समर्थन प्रचण्डले जुटाएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बेलुकी ५ बजेसम्म सरकार गठनको समयसिमा दलहरुलाई दिएकाले केही दिनदेखि नै कांग्रेस, माओवादी, नेकपा एस लगायतका गठबन्धनका दलहरु छलफलमै थिए । तर, अन्तिमसम्म पनि कांग्रेसले अडान नछोडेकाले गठबन्धन तोड्दै सरकार गठनको अन्तिम प्रयासस्वरुप प्रचण्ड बालकोट पुगेका थिए ।