close

पालिका प्रशासकहरूलाई ३ दिनभित्र हाजिर हुन मन्त्रालयको ताकेता

पालिका प्रशासकहरूलाई ३ दिनभित्र हाजिर हुन मन्त्रालयको ताकेता

Trulli
ADVERTISEMENT

विभिन्न स्थानीय तह तथा कार्यालयहरूमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीहरूलाई तीन दिनभित्र आफ्नो जिम्मेवारीसहित हाजिर हुन संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले ताकेता गरेको छ ।

सोमबार सूचना जारी गर्दै मन्त्रालयले तीन दिनभित्र आ–आफ्नो कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो । 

स्थानीय तहहरूमा कार्यरत प्रशासकीय अधिकृतहरू लामो समयसम्म खटाएको ठाउँमा नगई बिदा बस्ने गरेको देखिएपछि निर्देशनात्मक आदेश जारी गरिएको मन्त्रालयले जनाएको छ ।

स्थानीय सरकारहरूका पालिका कार्यालयमा प्रशासकीय अधिकृतको उपस्थिति नहुँदा दैनिक कामकाजदेखि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कामहरू प्रभावकारी ढंगबाट सञ्चालन हुन नसकेको भन्दै मन्त्रालयले सूचना जारी गरेको हो । 

सम्बन्धित तहमा खटाइएका कर्मचारी उपस्थित हुन नमाने प्रचलित कानुनबमोजिम विभागीय कारबाहीसमेत गरिने मन्त्रालयले स्पष्ट पारेको छ ।