close

सुनसरीका पाँच पालिकामा एकैपटक कर्फ्यू, युवक कुटपिटपछि समूहगत झडप

सुनसरीका पाँच पालिकामा एकैपटक कर्फ्यू, युवक कुटपिटपछि समूहगत झडप

Trulli
ADVERTISEMENT

सुनसरी- दुई समूहबीच विवाद बढेपछि सुनसरीका पाँच पालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको छ । एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले पाँच वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको छ । 

इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा  अनिश्चितकालका लागि कर्फ्यू  आदेश जारी गरिएको छ ।

साथै स्थानीय प्रशासनले पूर्व पश्चिम राजमार्गमा पनि सतर्कता बढाएको छ ।  राजमार्गमा लामो दूरीका सवारी साधनलाई  निगरानीमा राखेर मात्रै आवतजावत गर्न दिइएको छ । हरिनगर गाउँपालिका-१ भुटाहामा बिहीबार एक युवकमाथि स्थानीयले कुटपिट गरेका थिए । कुटपिट भएको विषयमा आज दुई समूहबीच झडप भएको थियो ।

भुटाहामा शुक्रबार भएको झडपमा परी चार जना घाइते भएका छन् । जसमा दुई जनालाई गोली लागेको छ । स्थिति नियन्त्रणका लागि प्रहरीले चार दर्जनभन्दा बढी अश्रुग्यास र हवाई फायर गरेको छ ।

निषेधित स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली, भेला जम्मा, प्रदर्शन लगायतका कुनै पनि कार्यक्रम नगर्न र नगराउन प्रशानले जारी गरेको  कर्फ्यू  आदेशमा उल्लेख छ ।