close

महानगरका मेयर बालेनको चरित्र हत्यासम्बन्धी प्रतिवेदन प्रहरीले बुझायो

महानगरका मेयर बालेनको चरित्र हत्यासम्बन्धी प्रतिवेदन प्रहरीले बुझायो

Trulli
ADVERTISEMENT

काठमाडौँ- काठमाडौँ महानगरका मेयर बालेन शाहको चरित्र हत्या सम्बन्धी मुद्दाको अनुसन्धान पुरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । फागुन ३० मा प्रहरीले पक्राउ गरेका रामचन्द्र पौडेललाई चैत १ मा जिल्ला अदालत काठमाडौँले थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश गरेको थियो ।

सो मुद्दाको अनुसन्धान पुरा गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए ।

काठमाडौँ महानगरपालिकाको पत्रको आधारमा प्रहरीले आरोपीविरुद्ध विद्युतीय कारोबारे ऐन–०६४ को कसुरमा अनुसन्धान गरेको थियो ।

पौडेलमाथि मेयर शाहको चरित्र हत्या गरेको आरोप छ ।