close

अटेर गर्ने सरकारी कर्मचारीमाथि कारबाही गर्न अख्तियारको सिफारिस

अटेर गर्ने सरकारी कर्मचारीमाथि कारबाही गर्न अख्तियारको सिफारिस

Trulli
ADVERTISEMENT

 

 

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने संघीय तहका ११ हजार ६ सय ६० कर्मचारीलाई जनही ५ हजार रुपैयाँ जरिवाना गर्न सरकारलाई आग्रह गरेको छ ।


अख्तियारले २ हजार  ५ सय ४ निजामती कर्मचारी, नेपाल प्रहरीका १ सय ११, शिक्षक ७ हजार ६ सय १३ र अन्य १ हजार ४ सय ३२ पदाधिकारी कर्मचारीलाई सम्पत्ति विवरण समयमा नबुझाएको आरोपमा ५ हजार जरिवाना गरी सम्पत्ति विवरण बुझाउन लगाउने निर्णय गरेको जनाएको छ ।


त्यसका लागि अख्तियारले सम्पत्ति विवरण नबुझाउनेको जानकारी सम्बन्धित मन्त्रालय, सचिवालय, आयोग र केन्द्रीय निकायमा पठाएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताए । त्यस्तै, विदेशमा रहेका नेपाली सेनाका ४ सय ६० जनाले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।


प्रदेश तहमा काम गर्ने ५ सय ५४ जनालाई कारबाही गर्न सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको अख्तियारले जनाएको छ । यस्तै, स्थानीय तहका ४५ सय ३४ जनाले पनि सम्पत्ति विवरण नबुझाएकाले कारबाही गर्न भनिएको छ ।


अख्तियारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आफू मातहतका कर्मचारीले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएको भए त्यसको एकमुष्ट जानकारी दिन माग गरेको छ ।