close

रामग्राम नगरपालिकाको कार्यालय तिहारपछि मात्र खुल्ने

रामग्राम नगरपालिकाको कार्यालय तिहारपछि मात्र खुल्ने

Trulli
ADVERTISEMENT

नवलपरासी - पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको कार्यालय तिहारपछि मात्र खुल्ने भएको छ । कार्यालयमा कार्यरत २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय भाइ टीकाको भोलिपल्ट मात्र खुल्ने नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए । ‘अब तिहारपछि मात्र कार्यालय खुल्छ’, गुप्ताले भने ।


सुरुमा दुई जना कर्मचारीमा संक्रमण देखिएकामा कन्ट्याक्ट ट्रेसिङका क्रममा थप कर्मचारीमा संक्रमण देखिएको हो । नगरपालिकाका अधिकांश शाखा प्रमुखसहितका कर्मचारी संक्रमित छन् ।


जनताको प्रत्यक्ष सम्पर्कमा आएका कर्मचारी नै संक्रमित भएकाले छिट्टै कार्यालय खोल्दा जोखिम हुने भन्दै थप एक हप्ता कार्यालय बन्द गरिएको छ । तर, वडा कार्यालयबाट भने नियमित सेवा प्रवाह भइरहेको छ । कोरोना संक्रमित सबै कर्मचारीको अहिले अवस्था सामान्य रहेको छ ।