close

कटारी टुक्रयाउने प्रस्ताव कार्यपालिकाबाट पारित

कटारी टुक्रयाउने प्रस्ताव कार्यपालिकाबाट पारित

Trulli
ADVERTISEMENT


उदयपुर- उदयपुरको कटारी नगरपालिकालाई टुक्‍र्याउने प्रस्ताव कार्यपालिका बैठकबाट पारित भएको छ । बुधबार बसेको कार्यपालिका बैठकले नगरपालिका टुक्‍र्याउने प्रस्ताव पारित गरेको हो ।


नगरपालिकाका ५ वटा वडाले छुट्टै गाउँपालिका माग्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए । भौगोलिक हिसाबले दुर्गम भेगमा रहेका ५ वटा वडाले आफूहरूलाई नगरपालिकाबाट अलग गराएर छुट्टै गाउँपालिका बनाउन माग गरेका थिए ।


कटारीको वडा नम्बर ९, १०, ११, १३ र १४ वडाका स्थानीयले नगरपालिकाबाट अलग हुने निर्णय गरेका हुन् । कटारी नगरपालिका भौगोलिक हिसाबले ठूलो र दुर्गम छ ।


कटारी नगरपालिका घोषणा गर्दा कटारी र त्रिवेणी गाउँ विकास समिति समावेश गरी निर्माण गरिएकामा पछि पुनः राज्य पुनःसंरचना गर्दा रिस्कु, सिरिसे, लिम्पाटार, सोरुङछबिसे, हर्देनी, मयाखु र लेखानी गाविसलाई समावेश गरिएको थियो ।


कटारी नगरपालिका १४ वटा वडामा विभाजित छ भने ४२४.९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।


नगरपालिकाको कुल जनसंख्या ५६,१४६ छ । कटारी नगरपालिका महाभारत शृंखला र चुरे पर्वत शृंखला बीच रहेकाले महाभारत शृंखलाअन्तर्गत धारिला, विकट, डाँडा, छरिएका र पातलिएका बस्ती छन् ।


भौगोलिक हिसावले विकट रहेका ५ वटा वडाले नगरपालिकाबाट उपलब्ध हुने सेवा-सुविधा पाउनसमेत कठिन भएपछि अलगिने निर्णय गरेका हुन् ।


नगरबाट वितरण गरिने सेवा-सुविधा भौगोलिक विकटता, स्थायी पूर्वाधार अभाव, दूरीका हिसाबले नगरबाट लिन समस्या रहेकाले छुट्टै स्थानीय तह गाउँपालिका आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख छ । अलग हुन लागेका ५ वटा वडामा १८ हजार ५ सय ६६ जनसंख्या छ । 


मापदण्डको आधारमा भूगोल, जनसंख्या र भौतिक पूर्वाधार पुग्ने भएकाले गाउँपालिका निर्माण गर्न सकिने अवस्था रहेको हुँदा छुट्टै पालिका माग गरिएको संयोजक अम्बरबहादुर मगरले बताए । नगरपालिकाको केन्द्रसम्म आउजाउ गर्न १४ नम्बरबाट ४६ किलोमिटरको बाटो तय गर्नुपर्दछ । 


माथिल्लो भेगका वडाले भोग्नुपरेको समस्यामा ऐक्यबद्धता जनाउँदै कार्यपालिका बैठकले छुट्टै गाउँपालिका बनाउने निर्णय गरेको नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘कार्यपालिका बैठकबाट सर्वसहमत पास भएको छ । जिल्ला समन्वय समिति, प्रदेश र केन्द्र सरकारसम्म एउटा टोली बनाएर गाउँपालिका निर्माणका लागि डेलिगेसन जाने तयारीमा छौँ ।’


सहजीकरण समितिका संयोजक मगरले माथिल्ला वडाका जनप्रनिधिदेखि स्थानीयले छुट्टै गाउँपालिका निर्माणका लागि यसअघि नै प्रक्रिया थाले पनि निषेधाज्ञाका कारण समस्या भएकाले अहिले ज्ञापनपत्र बुझाइएको बताए ।टारीको सीमा सिराहा, धनुषा, सिन्धुली, ओखलढुंगा र खोटाङसम्म फैलिएको छ ।