close

कैलालीका पाँच पालिकामा जग्गाको नापजाँच सुरु

कैलालीका पाँच पालिकामा जग्गाको नापजाँच सुरु

Trulli
ADVERTISEMENT

कैलाली । जिल्लाका पाँच स्थानीय तहले जग्गा नापजाँज प्रक्रिया सुरु गरेका छन् ।  

भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन जग्गाको नापजाँच प्रक्रिया अघि बढाएको हो । 

जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कैलारी गाउँपालिका, भजनी नगरपालिका र लम्कीचुहा नगरपालिकामा भूमि आयोगले जग्गा नापजाँचको कामलाई अघि बढाएको भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले बताए ।

ती स्थानीय तहमा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरणका लागि भूमि आयोग र स्थानीय तहले कर्मचारी खटाएको भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले बताए । उनले साउन महिनाभित्र केही वडामा लालपूर्जा वितरणको काम सुरु हुने जानकारी दिए । 

भूमि आयोगले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई निःशुल्क जग्गाधनी प्रमाणपत्र वितरण गर्ने जनाएको छ । जिल्लाका पाँचवटै पालिकामा एकसाथ काम थालिएको जनाइएको छ ।