close

'स्क्रिनसट गरेर पत्रकारले बार्गेनिङ गरे'

'स्क्रिनसट गरेर पत्रकारले बार्गेनिङ गरे'

Trulli
ADVERTISEMENT

रौतहट । 'कार्यालय समयमा काम सकेर बेलुका श्रीमतीको आग्रहमा मेरो नेमप्लेटसहितको फोटो खिचेर राख्यौं । हामीले टिकटक भिडियो खिचेको होइन । श्रीमतीले फोटो जोडेर टिकटक भिडियो बनाइन् । त्यसको गलत प्रचार भयो ।' मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले पालिका खबरसँग भने । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत साहकै भनाइलाई सापटी लिएर भन्दा हामी कतै घुम्न जाँदा सम्झनास्वरुप त्यहाँको 'लोकेशन' चिनिने गरी फोटो खिच्छौं । कर्मचारीहरू बढुवा हुँदाको त्यो क्षणलाई फोटोमै सुरक्षित राख्छन् । कोही कसैले नियुक्ति पाउँदा पदभार ग्रहणको फोटो सुरक्षित राख्छन् । त्यसरी नै आफूले पनि फोटो खिचेको उनले दाबी गरे । 

'मेरो क्वाटर पनि मेरो कार्यकक्षभन्दा माथिल्लो तलामा छ । मेरो श्रीमती मेरो क्वाटरमै आउँदा मेरो नेमप्लेटसहितको फोटो खिच्न मन गरिन् । मैले पनि श्रीमतीको इच्छा अनुसार स्वीकृति दिएँ । त्यो कुनै भिडियो पनि होइन । फोटो खिच्ने तेस्रो पात्र छन् । ' उनले थपे । 

उनका अनुसार स्थानीय एक पत्रकारले फोटोलाई लिएर कार्यकक्षमै मोजमस्ती गरे भनेर समाचार बनाउछु भन्दै बार्गेनिङ गरेको र आफ्नो कुनै गल्ती नभएकोले वास्ता नगर्दा आफ्नो चरित्रहत्या गर्ने काम भएको उनले बताए । उनका अनुसार फोटो टिकटकमा हाल्नु मिस्टेक होला तर श्रीमतीसँग फोटो खिच्नै नमिल्ने भन्ने नभएकोले आफ्नो कुनै गल्ती नभएको उनको दाबी छ । 

अहिले मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले कार्यकक्षमा श्रीमतीसँग खिचेको फोटो सामाजिक सञ्जालमा भाइरल छ । उनले कार्यालयको मर्यादा र अनुशासनलाई मिचेर टिकटक बनाएको भन्दै आलोचित भएका हुन् । 

केही दिन अगाडि अधिकृत साहकी श्रीमती रानी साहको आईडीबाट फोटो जोडेर एउटा टिकटक बनाएकी थिइन् । श्रीमानको नेमप्लेटसहित कार्यकक्षमा खिचिएको फोटोसहितको टिकटक बाहिरिएपछि आलोचना भए थियो । उक्त भिडियोका कारण साह आलोचित भएका हुन् । 

कार्यालयमा काम गर्दाको ‘मेमोरी’का लागि मात्रै खिचिएको उक्त फोटो गल्तिले टिकटकमा श्रीमतीले पोष्ट गरेको देख्ने बित्तिकै भिडियो हटाउन अधिकृत साहले अनुरोध गरेपछि टिकटकबाट भिडियो हटेको थियो । तर, सोही भिडियोबाट लिइएको स्क्रिनसट सुनियोजित रुपमा करिब डेढ महिनापछि सार्वजनिक गरिएकोप्रति अधिकृत साहको दुःखेसो छ ।