close

वडा अध्यक्षले दिए विद्यालयलाई स्वास्थ्य सामग्री

वडा अध्यक्षले दिए विद्यालयलाई स्वास्थ्य सामग्री

Trulli
ADVERTISEMENT

दैलेख- महावु गाउँपालिका- १ मा रहेको खरीगैरा जयन्ती माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ। महावु गाउँपालिका वडा नं.- १ का वडा अध्यक्ष हरिप्रसाद उपाध्यायद्वारा जयन्ती माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।


विद्यालयमा संचालन भएको कक्षा ११ को परीक्षाको अनुगमन गर्दै उनले कोरोना महामारीका कारण विद्यालयहरू बन्द भएका र अझै पनि विद्यालय खोल्न नसकिरहेको अवस्थामा परीक्षार्थीहरूलाई सहज र सुरक्षित हुन स्यानिटाइजरलगायत अन्य स्वास्थ्य सामग्री वितरण गरेको उपाध्यायले बताए । 


विद्यालयमा धेरै विद्यार्थीहरू हुने कोरोना संक्रमणको उच्च जोखिम हुने भएकाले स्वास्थ्य मापदण्डअनुसार सामाजिक दूरी कायम गरी परीक्षा दिन र व्यवस्था मिलाउनसमेत उपाध्यायले आग्रह गरे । 


विद्यालयलाई नियमित रूपमा संचालन गर्नका लागि सबैको सहयोग आवश्यक परेको भन्दै सबैले सहयोग गर्नुपर्ने उपाध्यायले बताए ।  विद्यार्थीहरूलाई परीक्षा दिन सजिलो हुने भन्दै स्वास्थ्य सामग्री वितरण गरेको जयन्ती माध्यमिक विद्यालयकी प्रधानाध्यापक सरिता गुरुङले जानकारी दिइन् ।


बन्द भएको लामो समयपछि विद्यालय खुलेको र विद्र्यीहरूलाई कोरोनाको जोखिम भएकाले स्वास्थ्य मापदण्डअनुसार परीक्षा संचालन गरेको गुरुङको भनाइ छ । 


विद्यालयमा आवश्यक स्वास्थ्य सामग्रीको राम्रो व्यवस्थापन गरेको, त्यसैमाथि जनप्रतिनिधि आफैँ विद्यालयमा आएर स्वास्थ्य सामग्री वितरण गरेकाले कुनै पनि डर र त्रास नमानी ढुक्क भएर परीक्षा दिन विद्यार्थीहरूलाई आग्रह गरेको गुरुङले बताइन् । 


कोरोना महामारीका बेला विद्यार्थीहरू पढ्न लेख्नबाट बञ्चित भएको र यस्ता अवस्थाबाट सहज बनाउन सबै एक मत भएर लाग्नुपर्ने गुरुङको भनाइ छ ।