close

जनप्रतिनिधिको घर फोडियो, रानीपोखरीको झ्याउ फालियो (भिडियाे खबर)

जनप्रतिनिधिको घर फोडियो, रानीपोखरीको झ्याउ फालियो (भिडियाे खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) स्वास्थ्य चौकी भवन निर्माण स्थल विवादले दार्चुलाको मालिकार्जुन गाउँपालिका-१ को वडा कार्यालयमा स्थानीयले लगाए ताला, कामकाज प्रभावित ।

  
२)  ललितपुरको लुभुमा एक दम्पती मृतावस्थामा भेटिए, मृतक सप्तरीको राजविराज नगरपालिकाका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया निर्मला पोखरेल ।

 

३) सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका-१४ बाट बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ, प्रहरीले सुरु गर्‍यो अनुसन्धान ।

 

४) बागलुङको बरेङ गाउँपालिकाले ल्यायो विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनमा, बालविकास केन्द्रदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई स्वास्थ्य जाँच गरिने ।

 

५) दोलखामा कोरोनाविरुद्धको खोप पहिलो चरणमा २ नगरपालिका र ७  गाउँपालिकाका २ हजार स्वास्थ्यकर्मीलाई लगाइँदै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहहरूलाई पत्राचार गरेलगत्तै नाम सिफारिस ।

 

६) उदयपुरको कटारी नगरपालिका-२ खोक्सामा माघेसंक्रान्तिदेखि जारी त्रिवेणी मेलामा कोरोना सर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले रोटेपिङ सञ्चालनमा लगायो रोक, पूजाआजा गर्न आउने मेला घुम्न आउनेहरूको घुइँचा ।

 

७) युवाहरूलाई रोजगारी दिने उद्देश्यले ललितपुरको गोदावरी नगरपालिकाले विभिन्न विषयमा तीन महिने तालिम सञ्चालन गर्ने, इच्छुकले नगरपालिकामा आवेदन दिनुपर्ने ।

 

८) चुनावको तयारीमा जुट्यो दार्चुला, प्रमुख जिल्ला अधिकारी संयोजकत्वको ५ सदस्यीय जिल्ला स्तरीय समन्वय समिति गठन ।

 

९)  पूर्व-पश्चिम रेलमार्गअन्तर्गत काँकरभिट्टादेखि इनरुवासम्मको क्षेत्रमा उत्पन्न मुआब्जा, क्षतिपूर्तिलगायत समस्या तत्काल समाधान गर्न प्रदेश १ प्रदेशसभा सदस्यहरूले चासो देखाए, ३ वटै सरकारलाई ध्यानाकर्षण ।
 

१०) बाग्लुङको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको २ नम्बर वडामा रहेको घरमा अपरिचित समूहले गरे तोडफोड, अन्य ५ घरमा पनि क्षति, तोडफोड गर्नेहरूको खोजीकार्य जारी ।

 

११) नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका र स्थानीय सहकारीबीच दुग्ध चिस्यान केन्द्र स्थापना गर्ने सम्झौता, पालिकालाई दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउने पालिकाको योजना ।

 

१२) विराटनगर महानगरले सुरु गर्‍यो कोभिड एन्टिजेन टेस्ट, परीक्षण रिपोर्टको नतिजा २० मिनटमै आउने ।

 
१३) रुकुम पूर्वको सिस्ने गाउँपालिकाले आफ्नै लोगो बनायो, सिस्नेको प्राकृतिक सौन्दर्यदेखि ऐतिहासिक, सांस्कृतिक पक्षको चिनारी ।

 

१४) आउँदो १७ र २७ वैशाखका लागि तय भएको संघीय निर्वाचनको तयारीस्वरूप झापामा मतदान स्थल र केन्द्र अनुगमन सुरु, मतदान स्थल थपघट र हेरफेर हुने ।

 

१५) उदयपुरको बेलका नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले कार्यक्रम सञ्चालन गर्ने, शाखाले कार्यक्रमका लागी माग्यो प्रस्ताव ।

 
१६) लेउ र झ्याउ हटाई रानीपोखरीलाई चिटिक्क पार्दै काठमाडौं महानगरपालिका, सरसफाइमा जुटे नगर प्रहरी ।

 

१७) कोरोना महामारीले बन्द रहेका हुम्लाको सिमकोट गाउँपालिकाभित्रका विद्यालय माघ १५ गतेबाट सञ्चालनमा आउने, स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्ने निर्णय ।

 

१८) झापाको मेचीनगर नगरपालिका-६ बाटा ५० ग्राम ब्राउनसुगरसहित २ जना पक्राउ, पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ का २४ वर्षीय ईश्वर थापा र पाँचथरको हिलिहाङ गाउँपालिका-२ का २८ वर्षीय अरुण सुब्बा ।

 

१९) भक्तपुरको सूर्यविनायक नगरपालिका-६ बाट तास खेलिरहेको अवस्थामा २४ जना पक्राउ, उनीहरूको साथबाट प्रहरीद्वारा नगद १ लाख ८९ हजार ९ सय ५० रुपैयाँ र ६ बुक तास बरामद ।

 

२०) काठमाडौं कलंकीस्थित खड्का गाउँमा विद्युत् सर्ट भएर आगलागी हुदा ८६ वर्षका शिवराम खड्काको जलेर मृत्यु ।