close

नगरपालिकामा टमाटरको रास, भागरथीले न्याय पाउने आश (भिडियो खबर)

नगरपालिकामा टमाटरको रास, भागरथीले न्याय पाउने आश (भिडियो खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

१) काठमाडौं महानगरपालिकाद्वारा ३२ वटै वडामा बसोबास गर्ने नगरबासीको निःशुल्क मिर्गौला परीक्षण गर्न सुरु, अभियान ६ महिनासम्म चल्ने ।


२) भक्तपुरको चाँगुनारायण नगरपालिकाले वडा नम्बर ५ को घुमाउनेमा अत्याधुनिक कार्यालय भवन निर्माण गर्ने, भवनमा पाँच सय जनशक्ति अट्ने क्षमताको सेमिनार हल पनि बन्ने ।


३) बजार नपाएपछि नवलपरासी पश्चिमका किसानले बर्दघाट नगरपालिका परिसरमै फालिदिए टमाटर, बजारमा भारतीय टमाटर खुलेआम बिक्री ।


४) बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा दिनेश भट्ट पक्राउ, दोषी पक्राउ गर्न सफल भएको भन्दै स्थानीय र गाउँपालिकाद्वारा प्रहरीलाई फूलमाला लगाएर सम्मान ।


५) खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ उज्यालो वडा घोषणा, धितुङबासीको सबै घरमा केन्द्रीय प्रसारण लाइनको बल्यो बिजुली ।


६) काभ्रेको धुलिखेल नगरपालिकाले ३५ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनायो, दिवसका अवसरमा धुलिखेल काभ्रेको पहिलो बालमैत्री नगर घोषणा ।


७) आगलागीबाट घर नष्ट भएका धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ का पूर्णबहादुर विश्वकर्माको परिवारलाई पालिकासँगै अन्य संघ–संस्थाले दिए नगरसहित विभिन्न राहत सामग्री, राहत पाउँदा आगलागी पीडित दंग ।


८) भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा मध्यपुर कराते एकेडेमीको नवनिर्मित कराते भवन निर्माण, नगरप्रमुख मदनसुन्दर श्रेष्ठले गरे भवनको उद्घाटन ।


९) धनुषाको सहिदनगर नगरपालिकाभित्रका युवालाई स्वरोजगार बनाउन क्षमता अभिवृद्धि इलेक्ट्रिसियन तालिम, तालिम १५ दिने दिन चल्ने ।

 
१०) आफू अनुकूल प्रशासकीय अधिकृत सरुवा नगरेको झोकमा बर्दियाको राजापुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद चौधरीको निर्देशनमा नगरपालिका कार्यालयको कामकाज तीन दिनदेखि ठप्प, सेवाग्रही मारमा ।
  

११) काभ्रेको पनौती नगरपालिकाद्वारा कृषि कार्यक्रममार्फत वडा–४ का पशुपालक किसानलाई पाडी वितरण, पनौतीमा पशुपालक किसान बढ्दै ।


१२) धादिङको खनियाँबास गाउँपालिका–१ मा रहेको सिंगलादेवी माविले वडा कार्यालयलाई भवन भाडामा दिएको खुलासा, भवनमै वडा कार्यालय चलाएपछि विद्यार्थीको पठनपाठन प्रभावित ।


१३) ओखलढुंगाको सिद्घिचरण नगरपालिकाले नगर प्रहरी सेवाका कर्मचारीका लागि दियो आधारभूत तालिम, तालिमको नगरप्रमुख मोहनकुमार श्रेष्ठले गरे उद्घाटन ।


१४) भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा बृहत् भंगाल खानेपानी समितिले ३ वटा खानेपानी ट्यांकी निर्माण गर्ने, नगरप्रमुख वासुदेव थापाले गरे ट्यांकीको शिलान्यास ।

१५) सर्लाहीको हरिवन नगरपालिका–५ का वडाध्यक्ष नागेन्द्रकुमार साह सनाखतमा बसिदिएपछि आफन्तविहीन एक अशक्त व्यक्तिले पाए नागरिकता, नागरिकता पाउँदा स्थानीय शक्ते वाइबा खुसी ।

१६) पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ मा स्वास्थ्य चौकीको भवन निर्माण, नवनिर्मित भवनको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले गरे उद्घाटन ।

१७) गुल्मीको मुसीकोट नगरपालिकामा छानिए उत्कृष्ट १० उद्यमी, १० उद्यमीमध्येबाट २ जना प्रथम र दोस्रो उद्यमी छनोट गरिने ।

१८) पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा–१ का अध्यक्ष चित्रबहादुर कानुङको निधन, शोकमा पालिका र मातहतका कार्यालय बन्द ।

१९) काठमाडौं महानगरले खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहरा डोजर लगाएर भत्कायो, अतिक्रमण गरेर बनाइएका  अन्य क्षेत्रका अतिक्रमित  संरचना पनि महानगरले हटाउने ।

२०) धादिङको गंगाजमुना गाउँपालिकाकी इन्जिनियर पूजा कार्की ९५ हजार रुपैयाँ घुससहित पक्राउ ।